• Sunday 4th of October 2026

हमासले भन्यो- बन्धकहरूलाई मानवीय र सम्मानजनक व्यवहार गरिनेछ


  • धनकुटा खबर
  • .

काठमाडौं । प्यालेस्टिनी चरमपन्थी सङ्गठन हमासका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख बसिम नाइसले भने, “हामी हाम्रा बन्धकहरूलाई अत्यन्तै मानवीय र सम्मानजनक व्यवहार गर्न प्रतिबद्ध छौं।” उनले बीबीसी रेडियो–४ मा कुरा गर्दै थिए ।

प्यालेस्टिनी अतिवादीहरूले कति जनालाई बन्धक बनाएका छन् र कति जना मारिएका छन् भन्ने कुरा उनले बताउन अस्वीकार गरे।

शनिबारदेखि इजरायलमा ७०० भन्दा बढीको मृत्यु भएको छ । यसमा एक संगीत समारोहमा हमास बन्दुकधारीहरूले मारेका २०० व्यक्तिहरू पनि समावेश छन्।

यी बाहेक दर्जनौं मानिसलाई बन्धक बनाएको छ । तीमध्ये अधिकांशलाई गाजा लगिएको छ। गाजामा हमासका लक्ष्यहरूमा इजरायलले गरेको आक्रमणमा हालसम्म ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

नइमले भने कि हमास नेता मोहम्मद डेफले चरमपन्थीहरूलाई ठूलाहरूको सम्मान गर्न, नागरिकहरूको सम्मान गर्न, बालबालिकाहरूलाई सम्मान गर्न र लडाईमा प्रत्यक्ष रूपमा संलग्न नभएका मानिसहरूलाई नमार्न निर्देशन दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖