• Wednesday 7th of October 2026

गाईलाई हँसिया प्रहार


  • धनकुटा खबर
  • .

दाङ, गाईलाई हँसिया प्रहार भएको छ । लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँमा घाईते गाई फेला परेको हो ।

हँसिया नै गडेको अबस्थामा गाई फेला परेपछी लमही नगरपालिकाका पशु स्वास्थ्य चिकित्सक गणेश चौधरीको टोली, प्रहरी चौकी गोझेनाका प्रमुख रमेश परियारको टोली, समाजसेवी दिकपाल योगी र स्थानियको सहयोगमा उपचार गरि छाडिएको छ ।

कसले र किन हँसिया खोप्यो भन्ने एकिन हुन सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖