• Sunday 4th of October 2026

सन्नी देओलका छोराको फिल्म फ्लप, २५ करोडको खर्च, १ करोड पनि कमाउन सकेन


  • धनकुटा खबर
  • .

मुम्बई । सन्नी देओलका कान्छो छोरा राजवीर र पुनम ढिल्लनको छोरी पलोमाको डेब्यु फिल्म फ्लप साबित भएको छ । फिल्मले तीन दिनमा एक करोडको कलेक्सन गर्न सकेको छैन ।

अक्टोबर ६ गते रिलिज भएको यो फिल्मले पहिलो दिन ३५ लाख, दोस्रो दिन ३० लाख र तेस्रो दिन ३० लाख रुपैयाँ मात्रै कमाएर कूल आम्दानी ९५ लाख मात्र पुर्‍याएको छ । फिल्मको बजेट २५ करोड रहेको छ । यस्तो अवस्थामा यसको लागि लागत गणना गर्नु पनि धेरै टाढाको कुरा हो।

राजवीर र पालोमा भन्दा पहिले धेरै स्टार किड्स छन् जसको पहिलो फिल्म फ्लप साबित भएको थियो । उनीहरू मध्ये केहीले धमाकेदार डेब्यू गरे पनि बलिउडमा खासै सफलता पाउन सकेनन् ।

यो सूचीमा देव आनन्दका छोरा सुनिल आनन्द, अमजद खानका छोरा शादाब खान, मनोज कुमारका छोरा कुणाल गोस्वामी, मिथुन चक्रवर्तीका छोरा मिमोह चक्रवर्ती, राज बब्बरका छोरा आर्या, फिरोज खानका छोरा फरदिन खान, तनुजाकी छोरी तनीषा मुखर्जी, धर्मेन्द्र र हेमा मालिनीकी छोरी ईशा देओल, राजकुमारका छोरा पुरु, शेखर सुमनका छोरा अध्ययन सुमन लगायत छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖