• Sunday 4th of October 2026

इजरायलले गाजामा बिजुली, पानी, खाना लगायत सबै आपतकालीन आपूर्तिहरू प्रतिबन्ध लगायो


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायलले गाजामा ‘पूर्ण नाकाबन्दी’ गरेको छ र बिजुली, पानी, खाद्यान्न र इन्धन आपूर्ति बन्द गरेको छ।

शनिबार बिहान हमासको आक्रमण सुरु भएदेखि इजरायलले गाजामा खाद्यान्न र औषधिलगायत सबै आपतकालीन सामग्रीको आपूर्ति बन्द गर्ने निर्णय गरेको छ।

अधिकारीहरूले भनेअनुसार यदि आपूर्तिलाई अनुमति दिइएन भने, गाजा पट्टी नयाँ मानवीय संकटको छेउमा हुनेछ।

गाजाबाट बीबीसीको कभरेजले स्पष्ट रूपमा देखाउँछ कि सम्पूर्ण क्षेत्रका सडकहरू भग्नावशेषमा परिणत भएका छन्।

प्यालेस्टाइन टावरदेखि लिएर धेरै महत्वपूर्ण आवासीय बहुतले भवनहरूमा इजरायलले आक्रमण गरेको छ ।

यी आक्रमणमा गाजामा करिब ७०० जनाको ज्यान गएको छ भने हजारौं घाइते भएको बताइएको छ ।

गाजा पट्टीमा २३ लाख मानिसहरू बसोबास गर्छन्, जसमध्ये ८० प्रतिशत इजरायलसँग दशकौंदेखिको तनावका कारण मुख्य रूपमा मानवीय सहायतामा निर्भर छन्।

गाजा हमास चरमपन्थीको कब्जामा छ तर यसको हवाई क्षेत्र र तटीय क्षेत्र इजरायलको नियन्त्रणमा छ। जसले यहाँ के आउन सक्छ र यहाँबाट के जान सक्छ भन्ने निर्णय गर्दछ।

इजिप्टसँगको सीमालाई रफाह सीमा भनिन्छ, जहाँ इजिप्टको सीमाबाट गाजामा कसले र के के चीजहरू आउन सक्छ भन्ने बारे कडा नियमहरू छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖