• Wednesday 7th of October 2026

सँगै बास बस्न गएको होटलमा पुरुष मृत भेटिए, महिला फरार


  • धनकुटा खबर
  • .

चितवन । मुग्लिनको एक होटलमा महिलासँग बास बस्न गएका एक पुरुष मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति ईच्छाकामना ५, मुग्लिन बजारमा रहेको गोरखा होटल एण्ड लजमा बास बस्न गएका पुरुष आज बिहान मृत भेटिएका हुन् ।

हिजो राति सरिता सुनारको नामबाट इन्ट्रि गरेर होटलमा दुईजना बास बसेका थिए । तर, बिहान होटल सञ्चालकले मृत अवस्थामा पुरुष मात्रै भटेका थिए ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार महिला करिब ३०÷३५ वर्षकी थिइन् भने पुरुषको पहिचान अहिलेसम्म खुलेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖