• Wednesday 7th of October 2026

जंगली हात्तीको आक्रमणबाट एक किशोरको मृत्यु, अर्का गम्भीर घाइते


  • धनकुटा खबर
  • .

सर्लाहीमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट एक किशोरको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

हरिपुर नगरपालिका– १ जानकीनगर जंगलमा मंगलबार दिउँसो हात्तीले आक्रमण गर्दा रामेछापको सैपु गाउँपालिका– २, लिखुतामाकोशी घर भई हाल सर्लाहीकै हरिवन नगरपालिका ७ बस्ने १४ वर्षीय शिव दाहालको मृत्यु भएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।

घटनामा सोही ठाउँका ५१ वर्षीय छविलाल काफ्ले गम्भीर घाइते भएका छन् । हात्तीको आक्रमणबाट घाइते काफ्लेको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणबाट किशोरको घटनास्थलमै मृत्यु भएको हो । काफ्लेले भने भागेर ज्यान जोगाएका छन् । दुई हात्तीले आक्रमण गर्न थालेपछि आफूले भागेर ज्यान जोगाएको काफ्लेले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖