इजरायलमा सम्पर्कविहीन रहेको भनिएकी बलिउड नायिका नुसरत भरुचा सम्पर्कमा आएकी छन् ।
उनी सुरक्षित रहेको र भारतीय दूतावासको समन्वयमा भारत फर्कन लागेको उनका सहयोगीले जनाएका छन् ।
‘हाइफा अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा सहभागी हुन इजरायल गएकी उनी इजरायलमा हमास विद्रोहीले अचानक आक्रमण गरेपछि सम्पर्कविहीन भएकी थिइन् ।
उनी एउटा बेसमेन्टमा रहेको अवस्थामा पछिल्लो पटक सम्पर्क भएको तर त्यस यता सम्पर्क हुन नसकेको भन्दै उनको टिमका सदस्यले यसअघि जानकारी दिएका थिए ।
