• Sunday 4th of October 2026

विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा


  • धनकुटा खबर
  • .

विराटनगर । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् ।

चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामापत्र बुझाएको डाक्टर एसपी रिमालले जानकारी दिए ।

चिकित्सकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

‘विगत ६ वर्षदेखि प्रमोशन ठप्प प्रायः छ, विगतका कैयौँ आन्दोलनहरूपछि बल्लबल्ल खुलेको प्रमोशनको अन्तरवार्ता ६० प्रतिशतको सकिसक्दा पनि पनि टुंगो छैन,’ रिमालले भने ‘शिक्षकहरूको जाँच त लिनुभयो तर पास हो कि फेल हो नै भन्दिनुभएन ।’

पटक पटक सहमति भएपनि कार्यान्वयन नभएपछि राजीनामा बुझाएको उनले बताए । उनले भने, ‘तत्कालै समाधान हुने तर जानाजान लम्बाइएको र दिनरात प्रतिष्ठानका लागि काम गर्ने शिक्षकहरुलाई दुःख दिने मनशायले रोकिएकका हाम्रा मागहरु पूरा नगरिएमा शुक्रबारदेखि लागु हुनेगरी १७७ जना शिक्षकहरुले राजीनामा स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीलाई बुझाएका छौं ।’-अनलाइन खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖