• Wednesday 7th of October 2026

सौता हाल्ने सई धामी निलम्बित


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीका नायव निरीक्षक (सई) जितेन्द्रसिंह धामी निलम्बनमा परेका छन्। बहुविवाह (घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरेको) मुद्दामा मुछिएपछि उनी निलम्बनमा परेका हुन् ।

प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार उनी स्वत: निलम्बनमा परेको जानकारी दिइएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुबेर कडायतले मुद्दा दायर भएलगत्तै धामीको जिम्मेवारी खोसिएको र निलम्बित गरिएको जानकारी दिए ।

उनका अनुसार धामीविरुद्ध चितवनमा बहुविवाहको मुद्दा दायर भएको थियो ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत धामीविरुद्ध चितवनमा मुद्दा दर्ता भएको हो । डेढ महिनाअघि मुद्दा परेकोमा अहिले धामी धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖