• Wednesday 7th of October 2026

चाणक्य नीति: पुरुषका यी कुराले प्रभावित हुन्छन् महिला


  • धनकुटा खबर
  • .

चाणक्यले आफ्नो नीति शास्त्रमा धर्म, धन, कामवासना, मोक्ष, परिवार, सम्बन्ध, मर्यादा, समाज, देश-दुनियाँका विषयमा व्याख्या गरेका छन्। चाणक्यका अनुसार पुरुषमा कैयौं त्यस्ता गुण/स्वाभाव हुन्छन् जसका कारण महिला आकर्षित हुन्छन्।

चाणक्यले पति-पत्नी अथवा स्त्री-पुरुष सम्बन्धका बारेमा पनि बताएका छन्। चाणक्य नीति तपाईं हाम्रो दैनिक जीवन र व्यवहारमा पनि उपयोगी छ। यसबाट हामी आफ्नो सम्बन्ध सहज, सौहार्दपूर्ण र प्रेमपूर्ण बनाइराख्न सक्छौं।

चाणक्यका अनुसार महिला आफ्नो प्रेम, विवाह र घरपरिवारबारे निकै संवेदनशील हुन्छन्। महिला आफ्नो जीवनसाथीमा खास गुण होस् भन्ने चाहन्छन्।

सुन्ने गुण
जोकसैलाई लाग्छ- आफ्नो कुरा अरुले ध्यान दिएर सुनोस् र त्यसको इज्जत गरोस्। महिला सधैं यस्तो पुरुषप्रति आकर्षित हुन्छन् जसले अरुको कुरा सुन्ने धैर्यता राख्छ। अरुको कुरा सुन्ने, बुझ्ने र त्यसको मान राख्ने व्यक्ति सबैको प्रिय हुन्छ। चाणक्यका अनुसार महिला त्यस्ता पुरुषप्रति आकर्षित हुन्छन्, जो राम्रो स्रोता हुन्।

धन-सम्पत्ति
जीवनमा धन-सम्पत्तिको पनि ठूलो महत्व छ। जोसँग सम्पत्ति हुन्छ उसको व्यक्तित्व पनि शानदार हुन्छ। सम्पत्तिले नै सर्वश्रेष्ठ जीवन सम्भव छ। आचार्य चाणक्यका अनुसार महिलाले आफ्नो खुशहाल जीवन र सुरक्षित भविष्यका लागि धन सम्पत्ति भएको पुरुष नै रुचाउँछन्।

शान्त स्वाभाव
सामान्यतया पुरुष शान्त हुँदैनन् भनिन्छ। बाहिर शान्त देखिए आन्तरिक मुड सधैं विद्रोही नै हुन्छ। महिलाले भने शान्त स्वाभावका पुरुष मन पराउँछन्। शान्त, सरल र सौम्य पुरुष महिलाको रोजाइमा पर्ने चाणक्य बताउँछन्। विद्रोही पुरुष अक्सर महिलाको रोजाइमा पर्दैनन्।

इमानदार चरित्र
आचार्य चाणक्यका अनुसार इमानदार चरित्रका पुरुषप्रति महिला बढी आकर्षित हुन्छन्। महिलालाई सम्मान गर्ने, महिलाको इज्जतको ख्याल गर्ने र परस्त्रीमा आँखा नडुलाउने पुरुष नै महिलाको रोजाइमा पर्छन्। मनको सफा अनि चरित्रमा इमानदार पुरुष नै महिलाका लागि योग्य जीवनसाथी हुने चाणक्य नीतिमा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖