• Wednesday 7th of October 2026

आज फेरि ह्वात्तै बढ्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य बुधवार हल्का घटेपनि आज बिहीवार ह्वात्तै बढेको छ ।

पछिल्लो एक सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य शनिबार हमास बिद्रोहीले इजरायलमा आक्रमण गरेपछि खल्बलिएको अन्तर्राष्ट्रिय अर्थतन्त्रका कारण पुनः उकालो लागेको थियो । बुधवार सामान्य गिरावट आएको सुनको मूल्य बिहीवार ह्वात्तै बढेको हो ।

योसँगै छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख ९ हजार रुपैयाँ कायम भएको छ । बुधवार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार ८ सय तोकिएको थियो ।

शनिबार प्यालेस्टाइन विद्रोही हमास समूहले इजरायलमा आकम्रण भएयता सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको थियो । शुक्रबार एक लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ८ हजार ९ सय रुपैयाँ पुगेको थियो । चाँदीको मूल्यपनि बिहीवार बढेको छ । यो सँगै बिहीवार चाँदीको प्रतितोला मूल्य १ हजार ३५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖