• Wednesday 7th of October 2026

इजरायलीलाई नेपाली विद्यार्थीको सन्देश: जीवन दान गरेर पठाएकाेमा हृदयदेखि नै नमन


  • धनकुटा खबर
  • .

युद्धग्रस्त इजरायलबाट आज २५० जना नेपाली स्वदेश फर्कँदै छन्।

नेपालीहरू लिनका लागि नेपाल एयरलाइन्सको विमान बिहीबार दिउँसो इजरायलको तेल अभिभ पुगिसकेको छ। विमान इजरायल पुगेपछि उद्धारको पर्खाइमा रहेका नेपालीहरूमा खुसीयाली छाएको छ।

यस क्रममा स्वदेश फर्कन लागेका नेपाली विद्यार्थी लुइस रिजालले इजरायलवासीलाई धन्यवाद दिएका छन्।

रिजालले जीवन दान गरेर सकुशल नेपाल पठाएकोमा इजरायलवासीलाई हृदय देखिनै नमन गरेका छन्।

उनले भनेका छन्, इजरायली बासी र आर्मी सम्पूर्ण लाई हृदय देखिनै नमन गर्न चाहन्छौ। हामीलाई त जीवन दान गरेर सकुशल नेपाल पठाउनु भयो अब इजरायल मा भएका घाइते मेरा प्रिय साथी हरूलाई हरदम साथ र सहयोग दिन र मेरो हराएको साथी लाई खोजी नेपाल आमाको अधुरो कोख भरिदिनुहुनेछ भन्ने आशा राखेका छौँ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖