• Wednesday 7th of October 2026

बाँचेर आयौँ अब आफ्नै क्षेत्रमा राम्रो काम गर्नेछु


  • धनकुटा खबर
  • .

काठमाडौँ, असोज २६ गते । इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थीलाई सरकारले उद्धार गरेर काठमाडौँ ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्रमन्त्री नारायणप्रसाद साउद आफैँ चार्टर विमान लिएर राजधानी तेल अबिब पुग्नुभएको थियो।

शुक्रवार बिहानपख काठमाडौँ आइपुग्दा उद्धार गरिएका सबै निकै खुसी थिए । धेरैले आफ्नो खुसीको आँसु लुकाउन सकेनन् । उनीहरूमध्ये एक हुनुहुन्थ्यो श्वेता भट्ट र हामी सबै २५४ जना नै सकुसल आफ्नो देश बाँचेर आउन पायौँ धेरै खुसी लागेको छ तर १० जनाले ज्यान गुमाउनुका साथै एकजना बेपत्ता हुनुहुन्छ त्यसमा चाहिँ दुःख लागेको छ भट्टले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ हामीलाई उद्धार गर्ने प्रक्रिया धेरै लामो होला भन्ने लागेको थियो तर यति छिटै उद्धार गर्दिनुभयो त्यसको लागि नेपाल सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । अब आफ्नो ठाउँ क्षेत्रमा राम्रो काम गर्नेछु उहाँले बताउनुभयो ।

इजरायलबाट फर्किएका विद्यार्थीलाई नेपाल प्रहरीका तीन बसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपत्यकाका तीन जिल्लाको विभिन्न स्थानसम्म लैजाने छन्।-गोरखापत्र अनलाइन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖