• Wednesday 7th of October 2026

दसैंलाई नयाँ नोट सटही सुरु


  • धनकुटा खबर
  • .

काठमाडौ । दसैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुरु गरेको छ। दसैंमा नयाँ नोटको उच्च माग हुने भएकाले राष्ट्र बैंकले वाणिज्य बैंकहरूमार्फत सर्वसाधारणलाई वितरण गर्न बिहीवारबाट नयाँ नोट साट्न सुरु गरेको छ। राष्ट्र बैंकले दिएपछि बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणलाई नोट उपलब्ध गराउने छन्।

बैंकलाई नयाँ नोट दिन थालेको राष्ट्र बैंकले सर्वसाधारणका लागि भने असोज २९ बाट वितरण गर्ने जनाएको छ। राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटार र मोरङको विराटनगर, धनुषाको जनकपुर, पर्साको वीरगञ्ज, रूपन्देहीको सिद्धार्थनगर, कास्कीको पोखरा र वीरेन्द्रनगरको सुर्खेतमा रहेका प्रादेशिक कार्यालयबाट नयाँ नोट उपलब्ध गराउने जनाएको छ।

राष्ट्र बैंकले केन्द्रीय कार्यालय र राष्ट्र बैंकका प्रादेशिक कार्यालयबाट वितरण गर्ने योजना बनाएको छ। सर्वसाधारणका लागि प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाउने भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖