• Wednesday 7th of October 2026

कोशीमा सरकार गठनको किचलो– राप्रपा तत्काल कुनै पक्षमा नखुल्ने


  • धनकुटा खबर
  • .

कोशी प्रदेशमा सरकार गठनका लागि निर्णायक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल कुनै पक्षमा नखुल्ने भएको छ ।

पार्टी पदाधिकारी बैठकले तत्काल कुनै पनि पक्षमा नखुल्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।

कोशीमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्वो र नेकपा एमालेको समर्थनमा कांग्रेस (शेखर पक्ष)बाट केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

‘दुवै पक्षले ४७/४७ जनाको हस्ताक्षर पेश गरेकाले हाम्रो आवश्यकता देखिएन, त्यसैले बेलुकासम्मको परिस्थिति हेर्ने निर्णय भएको छ,’ श्रेष्ठले लोकान्तरसँग भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖