• Wednesday 7th of October 2026

इजरायलको अस्पतालबाट हिमाञ्चल भन्छन्: थाइसँगै विपीनलाई बन्धक बनाएर लगेको देखेको थिएँ


  • धनकुटा खबर
  • .

इजरायलको आक्रमणमा परि घाइते भएका हिमाञ्चल कट्टेलले हराइरहेका विपीन जोशीलाई हमासले बन्धक बनाएर लगेको आफूले देखेको बताएका छन्।

घाइते हिमाञ्चलले अस्पतालबाट एक भिडियो समाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो साथि विपीन जोशीलाई दुई–तीनजना थाइसँगै हमासले बन्धक बनाएर लगेको आफूले देखेको बताएका हुन्।

उनले भनेका छन्,‘नमस्ते, म हिमाञ्चल कट्टेल, म अहिले इजरायलको अस्पतालमा छु। मेरो उपचार भइरहेको छ। मेरो साथी विपीन मिसिङ छ। उसलाई खोज्ने खासै पहल भइरहेको छैनजस्तो लागिरहेको छ, मलाई। उसलाई लिएर गएको मैले देखेको थिएँ। दुई–तीनजना थाइसँगै उसलाई होस्टेज (बन्धक) बनाएर प्यालेस्टाइन लगेको देखेको थिएँ।,’

उनले विपीनको खोजी हुन नसकेको चिन्ता व्यक्त गर्दै नेपाल सरकारलाई छिटोभन्दा छिटो खोजी कार्य गर्न आग्रह गरेका छन्।

महेन्द्रनगरका विपीन जोशी शनिबारदेखि नै बेपत्ता छन्। उनले सुरूमा साथीहरूलाई गोली लागेको बताए पनि त्यसपछि उनी कहाँ छन् टुंगो लागेको छैन्। -नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖