• Wednesday 7th of October 2026

झाँक्रीको प्रश्न- संविधान क्रियाशील बनाउने विषय संघीय सरकार बनाउँदा मात्रै कि प्रदेश सरकार बनाउँदा पनि ?


  • धनकुटा खबर
  • .

कैलाली । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले संविधान कार्यान्वयन गर्ने विषय संघीय सरकार निर्माणमा मात्रै नहुने र प्रदेश सरकारमा पनि संविधान कार्यान्वयनमा जोड दिनु पर्ने बताइएकी छन् । मेची महाकाली जागरण यात्राको लागि कैलाली पुगेकी झाँक्रीले धनगढी विमान स्थलमा पत्रकारहरूसँग यस्तो बताएकी हुन् ।

धारा ७६ (५) अनुसार कोशी प्रदेशमा सरकार गठनको गृह कार्य भइरहेको छ । यस अघि केन्द्रीय सरकारमा सोही धारामा टेकेर सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । अहिले कोशी प्रदेशमा सोही अवस्था सृजना भएको भन्दै झाँक्रीले शशरीर उपस्थित भएकाहरूलाई नै मान्यता दिनु पर्ने आशय व्यक्त गरिन्।

लामो समय पार्टीमा निष्क्रिय जस्तै भएकी सचिव झाँक्रीले पार्टी नेतृत्वसँग भएका असहमतिहरू हल भएको बताइन् । विधानमा भएका केही समस्याका विषयहरूमा असहमति जाहेर गरेको र त्यो हल भएपनि अहिले गतिविधिमा संलग्न रहेको उनले बताइन् ।

‘समाजवादीको विधान अनुसार नयाँ नेतृत्व आउने सम्भावना न्यून छ । तोकिएका र चाहेका मान्छेहरू प्रतिनिधि परिषद् हुन्छन् । त्यसले छान्छ केन्द्रीय कमिटी । त्यो छानिएको केन्द्रीय कमिटीले छान्छ पदाधिकारी । त्यसले गर्दा नयाँ नेतृत्वमा नयाँ मान्छे आउने सम्भावना नौ हुँदैन’ उनले भनिन् ‘यस बिषयमा मैले नेतृत्वसँग छलफल गरेको छ ।’

मेची महाकाली जागरण यात्राले पार्टीमा उत्साह भरिएको उनको दाबी छ । सोही अभियानको लागि झाँक्री धनगढी पुगेकी हुन् । पार्टीका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरूको उपस्थितिमा आज कैलालीमा जागरण यात्रा भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖