• Wednesday 7th of October 2026

शेखरलाई मनाएर आए कोशीमा मुख्यमन्त्री छाड्न तयार छौं :प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । कोशीमा गठबन्धनले माओवादी इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णयविरुद्ध कांग्रेस नेता शेखर कोइरालाले विद्रोह गरेपछि नेताहरु बालुवाटार पुगेका हुन् ।

कोइरालाले आफू निकट केदार कार्कीलाई एमालेको समर्थनमा दाबी पेश गर्न लगाएका छन्। बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाट सर्वसम्मत भएर जसको नाम आएपनि आफू मान्न तयार रहेको बताएको एक नेताले बताए ।

बैठकमा सहभागी एक नेताले भने, ‘उहाँले कांग्रेस विवाद देखिएको छ । कांग्रेसले उम्मेवादर सर्वसम्मत गराउँछ। हामी सर्मथन गछौं । तर, हाम्रो हुनुपर्छ भन्ने छैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖