• Sunday 4th of October 2026

हमासको बन्धकमा १३ वर्षका बालक देखी ७९ बर्षिया वृद्धासम्म


  • धनकुटा खबर
  • .

प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबिचको जारी युद्धमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । इजरायलले जमिनबाट आक्रमण गर्न खोजे पछि हमासले अपहरणमा परेका सबै १५० जना इजरायलीलाई मारिदिने धम्की दिएको छ ।

बिबिसीका अनुसार युद्ध लम्बिँदै जाँदा १५० भन्दा बढीलाई हमासले बन्धक बनाएको छ जबकि तिनीहरूका परिवारहरू आशा र डरमा बाँचिरहेका छन्।

प्यालेस्टिनी लडाकु समूहले उनीहरूलाई गाजा भित्र ‘सुरक्षित स्थान र सुरुङ’ मा राखेको बताएको छ । तर, चेतावनी बिना इजरायलले प्यालेस्टाइनी नागरिक घरहरूमा बमबारी गरेमा यसरी अपहरण पछि बन्धक भएका सबै इजरायलीहरूलाई मार्ने धम्की दिएको छ।

अपहरणमा पर्नेहरूमा मध्ये ७९ वर्षीया चन्ना पेरी र उनका छोरा ५१ वर्षीय नादव पोपलवेल पनि रहेका छन् ।

चन्नाहकी छोरी आयलेट स्वातिट्जकीका अनुसार बन्दुकधारीहरूले आक्रमण गर्दा उनीहरू फोनमा कुरा गरिरहेकी थिइन्। उनले भनिन्, ‘पछि हमास लडाकुहरूले पृष्ठभूमिमा हतियारधारीहरूसहित बसेर उनका दुई जना मधुमेह भएका आफन्तका तस्बिरहरू पठाएका थिए।’

इजरायलबाट हमासले बन्धक बनाएको विश्वासयोग्य रूपमा रिपोर्ट गरिएका मानिसहरूका कथाहरू धेरै छन्। तिनीहरूमा १३ बालबालिका र कम्तीमा आठ ६० वर्ष नाघेका वृद्धहरू अझै अपहरणमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖