• Wednesday 7th of October 2026

ट्रकमा लिफ्ट दिएर जबरजस्ती करणी, चालक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज २७। डोटीको बुडरमा जबरजस्ती करणी गरेको आरोपमा ट्रक चालक पक्राउ परेका छन्। बैतडीको मेलौली नगरपालिका(७ का महेश ओझालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रकका चालक ओझाले अन्दाजि १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप हो। ओझाले सोही मिनिट्रकमा सवार रहेकी किशोरीलाई डोटीको बुडरमा जबरजस्तीकरणी गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले बताए।

ट्रकसहित चालक ओझालाई बैतडीको पाटन नगरपालिका–६ को हिरापुरबाट पक्राउ गरिएको उनले बताए। प्रहरीका अनुसार पीडित किशोरी अत्तरियाबाट बैतडी जान मिनिट्रकमा बसेकी थिइन्। बिहीवार राति ट्रकमा आफुमाथि चालक ओझाले जबरजस्ती करणी गरेकोभन्दै उनीविरुद्ध ती किशोरीले प्रहरीमा उजुरी दिएकी छिन्।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖