एजेन्सी – न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान केन विलियम्सनले विश्वकपमा लिगका केहि खेलहरु गुमाउने भएका छन् । चोटका कारण साढे ६ महिनापछि टोलीमा फर्किएका उनी पहिलो खेलमै बायाँ हातको बुढी औलामा चोट लाग्न पुगेको थियो ।
गत अप्रिलमा गुजरात टाइटन्सबाट चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ गर्नेक्रममा विलियम्सनको बायाँ खुट्टामा घुँडामा चोट लागेको थियो । त्यसैको कारण शल्यक्रिया गर्नुपरेपछि उनी टोलीबाट बाहिरिनु परेको थियो । उनी उक्त चोटपछि शुक्रबार विश्वकपमा बंगलादेशविरुद्ध पहिलो खेल खेलेका थिए ।
तर दुर्भाग्य फर्किएको पहिलो खेलमै बंगलादेशले दिएको २ सय ४६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ३९ औं ओभरमा एक रन लिनेक्रममा फिल्डरले गरेको थ्रो बलले उनको बायाँ हातको बुढी औंलामा चोट लागेको थियो । १ सय ७ बलमा ८ चौका र १ छक्कासहित ७८ रनमा रिटायर्ड हर्ट आउट भएका थिए ।
उनको एक्सरे गरेपछि बुढी औलामा चोट लागेको हो । त्यसैको कारण न्युजिल्यान्ड क्रिकेट बोर्डले उनी अव अर्को महिना उपलब्ध हुने बताएको छ । उनले कम्तिमा चार खेल गुमाउने पक्का छ । न्युजिल्यान्डले १८ अक्टोबरमा अफगानिस्तान, २२ अक्टोबरमा भारत, २९ अक्टोबरमा अष्टे«लिया र १ नोभेम्बरमा दक्षिण अफ्रिकासँग खेल्नेछ । विलियम्सनले यी खेलहरु गुमाउने पक्का छ ।
उनी खेल्न नसक्ने भएपछि न्युजिल्यान्डले टम ब्लन्डेललाई टोलीमा बोलाएको छ । विलियम्सनले विश्वकपमा सुरुवाती दुई खेल इंग्ल्यान्ड र नेदरल्यान्ड्ससँग खेलेका थिएनन् । उक्त खेलमा विल योंग खेलेका थिए ।
विलियम्सन नहुँदा विल योंग खेल्नेछन् । विलियम्सनको तेस्रो स्थानमा रचिन रविन्द्र खेल्ने छन् । उनले तेस्रो नम्बरमा खेल्दै इंग्ल्यान्डविरुद्ध शतक हानेका थिए । न्युजिल्यान्ड ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । न्युजिल्यान्डले अव १८ अक्टोबरमा अफगानिस्तानसँग खेल्नेछ ।
