• Wednesday 7th of October 2026

भोलि घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृतियोग परेको हुँदा दुवैको शान्ति गरेर मात्र घटस्थापना राख्दा उत्तम


  • धनकुटा खबर
  • .

घटस्थपना २०८० आस्विन २८ गते आइतबार
घटस्थापना कै दिन जमरा राख्ने हो । चित्रा नक्षत्र शान्ति गरेर राख्ने ।

यसवर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृतियोग परेको हुँदा दुवैको शान्ति गरेर मात्र घटस्थापना गर्नुपर्दछ।

यसकालागि विशेष शान्ति गर्न नसक्नेले सर्वप्रथम कर्मपात्र बनाएर प्राश्चित्त गोदान गरी स्वस्तिवाचन गरेर कुलदेवतालाई स्मरण गरी संक्षिप्त पूजा गर्नुपर्दछ।

त्यसपछिजसरी पहिलेपहिले गर्ने गरेको हो त्यसैगरी नै दियो कलश र गणेशको पूजा गर्नुपर्दछ चित्रा र वैधृतिको शान्ति गर्नुपर्दछ। त्यसकालागि कलशमा चित्रानक्षत्रका अधिष्ठातृदेवता त्वष्टा= विश्वकर्माको प्रतिमा सुपारीमा स्थापना गरी त्यसका दाहिनेतिर चित्राका अधिदेवता हस्तानक्षत्रका अधिष्ठातृदेवता सूर्यको र देब्रेतिर चित्राका प्रत्यधिदेवता स्वातीनक्षत्रका अधिष्ठातृदेवता वायुको समेत
स्थापना गर्नुपर्दछ। साथै वरिपरि बाँकी अभिजित् समेत २५ नक्षत्रको विशाखादेखि रेवतीसम्म र अश्विनीदेखि उत्तराफाल्गुनीसम्म २५ नक्षत्रका अधिष्ठातृदेवतारूको समेत अक्षता राखेर अक्षतपुञ्जमा स्थापना गरी नाममन्त्रले पूजा गर्नुपर्दछ। त्यसपछि विशाखादेखि रेवतीसम्म र अश्विनीदेखि उत्तराफाल्गुनीसम्मका नक्षत्राधिष्ठातृदेवताको त्यसै कलशमा आवाहन गरी पूजा गर्नुपर्दछ।

नक्षत्रका अधिष्ठातृदेवताहरू – यसप्रकार छन्-
१-(विशाखाका अधिष्ठातृदेवता इन्द्राग्नी ) ॐ इन्द्राग्नीभ्यां नमः २-(अनुराधाका मित्र ) ॐ मित्राय नमः ,३-( ज्येष्ठाका शक्र) ॐशक्राय नमः , ४- (मूलका निर्ऋति )ॐ निर्ऋतये नमः , ५-(पूर्वाषाढाका क्षीरम्= उदकम् )ॐउदकाय नमः , ६-(उत्तराषाढाका विश्वेदेव ) ॐ विश्वेदेवेभ्यो नमः , ७-(अभिजित्का विधि ) ॐविधये नमः ८-( श्रवणका गोविन्द) ॐ गोविन्दाय नमः ,९- (धनिष्ठाका वसवः) ॐ वसुभ्यो नमः ,१०-( शतभिषाका वरुण) ॐ वरुणाय नमः , ११-(पूर्वभाद्रपदाका अजैकचरण) ॐअजैकचरणाय नमः , १२-(उत्तराभाद्रपदाका

अहिर्बुध्न्य) ॐ अहिर्बुध्न्याय नमः , १३-( रेवतीका पूषा) ॐ पूष्णे नमः , १४- (अश्विनीका अश्विनीकुमार) ॐ अश्विनीकुराभ्यां नमः ,१५ – (भरणीका यम) ॐ यमाय नमः ,१६- (कृत्तिकाका अग्नि )ॐ अग्नये नमः , १७ – (रोहिणीका धाता) ॐ धात्रे नमः , १८-(मृगशिराका चन्द्र) ॐ चन्द्राय नमः , १९- (आर्द्राका रुद्र) ॐ रुद्राय नमः , २०- (पुनर्वसुका अदिति)ॐ अदितये नमः , २१-(पुष्यका बृहस्पति) ॐ बृहस्पतये नमः ,२२- (अश्लेषाका सर्प) ॐ सर्पाय नमः, २३-( मघाका पितरः) ॐ पितृभ्यो नमः ,२४- (पूर्वफाल्गुनीका भग ) ॐ भगाय नमः , २५ – (उत्तराफाल्गुनीका अर्यमा) ॐ अर्यम्णे नमः। इति।

अर्काकलशमाथि स्थालीका माझमा वैधृतियोगका अधिष्ठातृदेवता रुद्रको स्थापना गर्नुपर्छ भने त्यसका दाहिने तिर वैधृतिका अधिदेवता सूर्यको र देब्रेतिर प्रत्यधिदेवता चन्द्रमाको समेत स्थापना गरेर पूजा गर्नुपर्दछ। त्यसपछि हवन गर्नुपर्दछ। अथवा
तत्काल हवन गर्न सम्भव भएन भने पछि दुर्गाको हवन गर्ने समयमा चित्रावैधृति शान्तिनिमित्तक हवनसमेत गर्नेछु भन्ने सङ्कल्प गरेर पछि हवन गर्दा पनि हुन्छ। अथवा

हवन गर्न सक्तैनसक्ता-
यौटा टपरीमा छुट्टाछुट्टै चामल , घिउ , तिल , जौ फलफूल राखेर होमाशक्तौ होम्यपदार्थ दान गरी दानप्रतिष्ठा गरेर त्यसपछि पूर्णपात्रो दक्षिणादि गरेर घटस्थापना गर्नुपर्दछ।
ॐ हरये नम
घटस्थापना को साइत बिहान ११:२९ बजे रहेको छ ॐ, ज्योतिष शिव शन्कर भन्डरि

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖