• Wednesday 7th of October 2026

यसपालिको दशैंमा कति दिन छ सार्वजनिक बिदा ?


  • धनकुटा खबर
  • .

काठमाडाैं । आजबाट (आइतबार) दशैं शुरु भएकाे छ । आइतबारबाट घटस्थापना तथा नवरात्र शुरु भएकाे छ । घटस्थापनादेखी दशैं शुरु भएको मानिन्छ ।

नेपालमा सबैभन्दा बढी बिदा हुने चाड दशैैं हो । विगत वर्षहरुमा दशैंका लागि एक हप्ता बढी बिदा हुने चलन थियो । तर यो बिदा विस्तारै कटौती हुँदै आइरहेको छ ।

यसपालिको दशैंमा पाँच दिन सार्वजनिक बिदा हुने भएको छ । फुलपातीको दिन शनिबार परेका हुँदा पाँच दिन सार्वजनिक बिदा हुने भएको छ ।

कार्तिक ५ गतेदेखि ९ गतेसम्म दशैंका लागि सार्वजनिक बिदा हुने भएको छ । ५ गते अष्टमी, ६ गते महानवमी, ७ गते विजयादशमी र ९ गते त्रयाेदशीसम्म सार्वजनिक बिदा हुने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖