• Wednesday 7th of October 2026

यी हुन् घरमा राख्नै पर्ने पाँच मूर्तिहरु


  • धनकुटा खबर
  • .

संसारका हरेक देशमा बसोबास गर्ने व्यक्तिहरुले विभिन्न धर्म मध्य कुनै एउटा धर्ममा आस्था राख्ने गर्छन। सबैले आफ्नो धर्म अनुसार भगवानको पूजा आराधना गर्ने गर्छन। मान्छेहरु आफ्नो घरमा विभिन्न भगवानको मुर्ति राखी पूजा गर्छन।यसरि भगवानमा आस्था राखी पूजा गर्दा भगवान प्रसन्न भई आफ्नो पूजा गर्ने व्यक्तिलाई आशिक दिने गर्नुहुन्छ।

यसरी सधैँजसो पूजा आराधना गर्ने बेलामा आफूले चिताएका चिताएका कुराहरु मनमनै सम्झिंदा आफ्ना इच्छा (चहाना पुरा हुँदै जाने विश्वास रहिआएको छ। हिन्दु धर्मशास्त्र अनुसार,हरेक घरमा कुनै ५ देव -देवीको मूर्ति राखी पूजा गर्नुपर्ने नियम रहेको छ। यसरी पाँचै भगवानको मूर्ति राखी पूजा गर्ने विधिलाई पंचायतन भन्ने गरिन्छ।

सनातन धर्म अनुसार पंचायतन पूजालाई सर्वश्रेष्ठ मान्ने गरिन्छ। गणेश,विष्णु ,शिव,दुर्गा र सुर्य ,यी ५ देवहरुलाई घरमा राखी नियमित रुपमा पूजा गर्नुपर्छ। प्रतेक घरको पूजास्थानमा यी पाँचै देवहरुको प्रतिमा राख्न जरुरि हुन्छ।

यी पाँचै देवहरुको आ आफ्नो स्थानमा यिनीहरुको ईष्ट देव अनुसार सिंहासन खडा गर्न आवश्यक हुन्छ। आउनुहोस आज हामी तपाईहरुलाई कुन पंचायतन सिंहासनमा कसरी राख्नुपर्छ भन्ने विषयमा बताउनेछौँ।

१.गणेश पंचायतन यदि तपाईको ईष्ट गणेश भगवान हो भने आफ्नो पूजा स्थानमा गणेश पंचायतन स्थापना गर्नुपर्छ। यसका लागि तपाईले उत्तरमा विष्णु ,दक्षिणमा शिव,मध्य भागमा गणेश पश्चिममा सुर्य देवता र उत्तर पश्चिममा देवी स्थापना गर्नु पर्दछ।

२.शिव पंचायतन यदि तपाईको ईष्ट शिव भगवान हुनुहुन्छ भने तपाईले आफ्नो पूजा स्थानमा शिव पंचायतन स्थापना गर्न आवश्यक हुन्छ।
यसका लागि, तपाईंको सिंहासनको उत्तर(पूर्वमा विष्णु , दक्षिणपूर्वमा सूर्य, मध्यमा शिव, गणेश दक्षिणपश्चिमा गणेश र उत्तरपश्चिमको भागमा देवी स्थापना गर्नुपर्दछ।

३.विष्णु पंचायतन यदि तपाईको ईष्ट विष्णु भगवान हुनुहुन्छ भने आफ्नो पूजा स्थानमा विष्णु पंचायतन स्थापना गर्नुपर्ने हुन्छ। यसका लागि तपाईको सिंहासनको उत्तर(पूर्वमा शिव , दक्षिणपूर्वमा गणेश , मध्यमा बिष्णु , र दक्षिणपश्चिमा सुर्य र उत्तरपश्चिमको भागमा देवी स्थापना गर्नुपर्दछ।

४. दुर्गा (देवी) पंचायतन यदि तपाईको ईष्ट देवी हुन् भने तपाईले आफ्नो पूजास्थानमा देवी पंचायतन स्थापना गर्नुहोला। यसका लागि तपाईको सिंहासनको उत्तर(पूर्वमा विष्णु , दक्षिणपूर्वमा शिव , मध्यमा दुर्गा , र दक्षिणपश्चिमा गणेश र उत्तरपश्चिमको भागमा सुर्य स्थापना गर्नुपर्दछ।

५. सूर्य पंचायतन यदि तपाईको ईष्ट सुर्य भगवान हो भने तपाईले आफ्नो पूजा स्थानमा सूर्य पंचायतन स्थापना गर्न आवश्यक हुन्छ। यसका लागि तपाईको सिंहासनको उत्तर-पूर्वमा शिव , दक्षिणपूर्वमा गणेश , मध्यमा सुर्य , र दक्षिणपश्चिमा विष्णु र उत्तरपश्चिमको भागमा दुर्गा स्थापना गर्नुपर्दछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖