• Wednesday 7th of October 2026

दशैं खर्च माग्दा नपाएपछि ७१ वर्षिय ‘हजुरआमा’को विभत्स हत्या


  • धनकुटा खबर
  • .

नुवाकोट । दशैं खर्च माग्दा नपाएको रिसको झोंकमा नुवाकोटको पञ्चकन्या गाउँपालिकाका एक युवकले गाउँ नजिकैकी स्थानिय वृद्धको विभत्स तवरले हत्या गरेका छन् ।

घरमा एक्लै बस्दै आएकी हजुरआमा उमेरकी ७१ वर्षिय वृद्धा नुर कुमारी थापाको बिहिवार बिहान आफ्नै घरमा बिभत्स हत्याको घटनापछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले हत्यामा संलग्न ति युवकलाई सार्वजनिक गरेको छ ।

प्रहरीले हिजो पत्रकार सम्मेलन मार्फत् हत्यामा संलग्न पञ्चकन्या गाउँपालिका वडा नं. ०३ बस्ने बर्ष २७ वर्षीय श्यामबहादुर तामाङलाई पक्राउ गरि सार्वजनिक गरिएको हो । उनलाई असोज २५ गते अपराह्रन ३ बजे पक्राउ गरिएको थियो । पक्राउ परेका तामाङको साथबाट मृतकले लगाएको कानको सुनको मुन्द्रा २ थान, हत्या गर्दा प्रयोग गरेको रगतले लत्पतिएको लागेको खुकुरी र रगतले लत्पतिएको सट बरामद गरिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले जानकारी दिए ।

प्रहरीले सार्वजनिक गरेको घटना विवरण अनुसार असोज २३ गते नजिकै जंगलमा कोदालो तथा खुर्पाको बिड खोजी फर्कने क्रममा अन्दाजी बेलुका ८ बजेको समयमा एकान्तमा रहेको घरमा विगत १० बर्षदेखी एक्लै बसोवास गर्दै आएकी मृतक नुर कुमारी थापाको घरमा पुगे । दशैं मान्न वृद्धासँग पैसा सापटी मागे । वृद्धाले दिन ईन्कार गरेपछी निज एक्लै भएको मौका छोपी आफूसंगै साथमा लिई आएको खुकुरीले टाँउकोमा प्रहार गरी घटनास्थलमै हत्या गरेर फरार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

असोज २५ गते बिहान बिहान ९ बजेको समयमा वृद्धा थापाको आफ्नै घरमा बिभत्स हत्या भई रक्तामय अवस्थामा लाश भेटिएको भनि प्रहरीलाई सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले घटनाको सुक्ष्म अनुसन्धान गरेको थियो । त्यसपश्चात् अभियुक्त तामाङलाई उनकै घरबाटै प्रहरीले तत्काल पक्राउ गर्न सफल थियो । प्रहरीले उक्त घटना अनुसन्धानको लागि केनाइन महाशाखाबाट तालिम प्राप्त कुकुरको समेत सहयोग लिएको जनाएको छ ।

अभियुक्तलाई जिल्ला अदालत नुवाकोटमा पेश गरि अनुसन्धानको लागि पन्ध्र दिनको म्याद लिई अनुसन्धान कार्य जारी रहेको नुवाकोट प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖