• Monday 5th of October 2026

त्रिकोणात्मक क्रिकेट सिरिजको टिकट बिक्री खुल्ला


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले काठमाडौंको मुलपानीमा हुने त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजको अनलाईन टिकट खुल्ला गरिएको जनाएको छ ।

सचिव पारस खड्का शनिबार बिज्ञप्ति जारी गर्दै कात्तिक १ गतेदेखि मुलपानी मैदानमा हुने क्रिकेट श्रृङ्खलाको टिकट बिक्री खुल्ला गरिएको जनाएका छन् ।

नेपालले कात्तिक १ गतेदेखि मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा यूएई र हंगकंगलाई समावेश गरेर त्रिकोणात्मक क्रिकेट सिरिज गर्दैछ ।
टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।

क्रिकेट श्रृङ्खलाको टिकट मुल्य २ सय राखिएको छ । क्यानले टिकेटिङ पार्टनरको रुपमा रहेको आई एम ई पेबाट अनलाईन टिकट लिन सकिने जनाएको छ ।

क्यानले पहिलो दिन नेपाल र यूएईबीचको खेलको टिकट खुल्ला गरिएको जनाउँदै क्रमश अन्य खेलको टिकट समेत अनलाईन खुल्ला गर्दै लगिने जानकारी दिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖