• Wednesday 7th of October 2026

आँगनमा खेलिरहेकी बालिकामाथि चितुवाको आक्रमण


  • धनकुटा खबर
  • .

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । जिल्लाको आबुखैरेनी गाउँपालिका–१ बरादीमा प्रेमराज गौलीकी ६ वर्षीया छोरी प्रनिशा गौलीमाथि चितुवाले आक्रमण गरेको हो ।

शनिबार साँझ आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवा आक्रमण गरी घरदेखि अन्दाजी १० मिटर पर लगेको थियो । तर बुवा प्रेमराजले थाहा पाई उनलाई तत्कालै उद्धार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घाइते प्रनिशाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सत्र सयमा प्राथमिक उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवनमा पठाइएको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖