काठमाडौं । कप्तान दासुन सनाका चोटका कारण जारी आईसीसी पुरुष विश्वकपको बीचबाटै बाहिरिएपछि श्रीलङ्कालाई ठूलो धक्का लागेको छ ।
मंगलबार पाकिस्तानविरुद्धको खेलमा सनाका घाइते भएका थिए । अलराउन्डर सनाका कम्तीमा तीन साता मैदान बाहिर रहने श्रीलङ्का क्रिकेट बोर्डले जनाएको छ ।
३२ वर्षीय सनाकाको अनुपस्थितिमा अलराउन्डर चमिका करुणारत्नेलाई टोलीमा सामेल गरिएको छ । श्रीलङ्काको टोलीमा रिजर्भ खेलाडीका रूपमा रहेका करुणारत्ने भारतमै छन् ।
विश्वकपमा श्रीलङ्काले भोलि लखनउमा अस्ट्रेलियाविरुद्ध खेल्दै छ ।
