• Wednesday 7th of October 2026

दशैंको मुखमा हजारको नक्कली नोटसहित लगनखेलबाट एक पक्राउ


  • धनकुटा खबर
  • .

प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका वडा नम्बर ५ लगनखेल बसपार्कबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए।

प्रहरीले मकवानपुरगढी गाउँपालिका घर भई ललितपुरको झरूवासी बस्ने ३२ वर्षीय कुमार वाइबालाई आइतबार बेलुकी पक्राउ गरेको हो।
उनलाई प्रहरी प्रभाग लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो। वाइबाको साथबाट एक हजारका नक्कली नोट ११ वटा बरामद भएको हो।

वाइबा नक्कली नोट लिएर लगनखेलको खुद्रा व्यवसाय गर्ने एक पसल पुगेका थिए। उनले त्यहाँ चुरोट किन खोजेका थिए। तर पैसा नक्कली परेको थाहा पाएपछि पसलेले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरीले वाइबालाई नियन्त्रणमा लिएको थियो। उनको साथबाट नक्कली नोट बरामद पनि बरामद भएको थियो।

नक्कली नोट प्रयोग गर्दा विशेषगरी थोरै मूल्यको सामान खरिद गरी सक्कली नोट फिर्ता लिने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖