• Sunday 4th of October 2026

हिजबुल्लाहले इजरायलमा मिसाइल हान्यो, एकको मृत्यु र धेरै घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले दक्षिणी लेबनानबाट प्रहार गरिएको एन्टिट्याङ्क मिसाइलले इजरायली गाउँ स्टुलालाई निशाना बनाएको जनाएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हिजबुल्लाहको टिभी च्यानल अल–मनारमा यो जानकारी दिइएको हो ।

टिभी च्यानलले आफ्नो टेलिग्राम पेजमा यस हमलामा गाईडेड मिसाइल प्रयोग गरिएको बताएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार इजरायली सेनाले लेबनानले गरेको आक्रमणमा एक जनाको मृत्यु भएको र कैयौं घाइते भएको बताएको छ ।

लेबनानको सिमाना नजिकै रहेको स्टुला गाउँमा ठूलो संख्यामा किसानहरू छन्। यो लेबनानको अता अल-शाब सहर नजिक छ।

यसैबीच समाचार एजेन्सी एएफपीका अनुसार इजरायलले पनि बदलास्वरूप लेबनानभित्र आक्रमण सुरु गरेको छ ।

इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै आक्रमणको यो घटनापछि देशको उत्तरी सीमाको चार किलोमिटर क्षेत्र बन्द गरिएको जनाएको छ ।

सेनाले यस क्षेत्रमा आवतजावतमा प्रतिबन्ध लगाइएकोले सर्वसाधारण यस क्षेत्रबाट टाढै रहन आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖