• Wednesday 7th of October 2026

मध्य र पश्चिम क्षेत्रका केही जिल्लामा वर्षा, राजापुरमा ३ घण्टामा २९ मिलिमिटर पानी पर्‍याे


  • धनकुटा खबर
  • .

काठमाण्डाै – पश्चिमी वायुको प्रभावका कारण मध्य र पश्चिमी क्षेत्रका केही जिल्लामा पानी परिरहेको छ । पछिल्लो ३ घण्टामा बर्दियाको राजापुरमा सबैभन्दा धेरै २९ मिलिमिटर पानी परेको छ ।

यस्तै बैतडी, डोटी, अछाम, कालीकोट, कञ्चनपुर, डडेल्धुरा, बाँके, सुर्खेत, बाग्लुङ, म्याग्दी, कास्की, सिन्धुपाल्चोक, चितवन लगायतका जिल्लामा पनि हल्कादेखि मध्यम खालको वर्षा भएको छ ।

विशेषगरी आज (साेमवार) र भोलि (मङ्गलवार) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।

बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने अनुमान छ ।
कोशी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशमा भने आज पानी पर्ने सम्भावना कम छ । यी क्षेत्रमा भोलि भने फाट्टफुट्ट वर्षा हुने अनुमान छ । पर्सि बुधवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

यसपालि १३ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिएको थियो । मनसुन बाहिरिएलगत्तै पश्चिमी वायु भित्रिएकाले पानी पर्न थालेको मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖