• Sunday 4th of October 2026

कपाल फुल्न नदिन के गर्ने ? यस्ता छन् ७ घरेलु उपायहरु


  • धनकुटा खबर
  • .

के तपाइँको उमेर नपुगी युवा अवस्थामै कपाल फुल्ने समस्याबाट हैरान हुनुभएको छ ? छ भने अब चिन्ता नलिनुहोस् त्यसलाई घरमै उपचार गर्न सकिने छ। कालो कपालले मानिसको सुन्दरता अझै बढाउँछ । तसर्थ युवा उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यी सजिला घरेलु उपाय अपनाउनुस्।

१. अमला :

कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरिवलको तेलमा सुकेको अमलाका केही टुक्रा मिसाएर आगोमा उमाल्नुस् । र तेल चिसिएपछि त्यसलाई आफ्नो कपाल र टाउको लगाउनुस् । तेलले मालिस गर्नुस्, र कपाल धुनुभन्दा पहिला कम भन्दा कम एक घण्टा अथवा रातभरी छोडिदिनुस् । यो प्रक्रियामा हप्तामा एक पटक वा दुईपटकसम्म गर्नुस् ।

२. कागती :

कागतीको रस मिसाएर नरिवलको तेलले आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । टाउको तेल लगाएको करिब एक घण्टापछि आफ्नो कपाललाई धुनुस् । नरिवलको तेलले फुलेको कपाल रोक्न मद्दत गर्छ ।

३. प्याजको रस :

प्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्वपूर्ण बस्तु हो । कपाल झर्न, र तालुखुइले हुनबाट रोक्न मद्दत गर्छ । एउटा काँचको कचौरामा प्याज र कागतीको रस मिलाउनुस् । आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । ३० मिनेटपछि एक हल्का हर्बल स्याम्पूले धुनुस् । प्याजको रस चिसो हुन्छ त्यसकारण यसको प्रयोग गर्मी मौसममा गर्दा ठिक हुन्छ ।

४. भृंगराज :

लौकाको तेल अथवा भृंगराज (एक प्रकारको जडीबुटी) को तेल सेतो कपालको उपचारका अर्को उत्तम उपाय हो ।

५. तिलको तेल :

कालो तिल वा तिलको तेल कपाल फुल्ने समस्याबाट छुटकारा दिने सबैभन्दा प्रभावकारी उपचार हो । हरेक दिन एक चम्मच कालो तिलको बिउलाई कम्पतिमा पनि तीन महिनासम्म सेवन गर्नुस् । आफ्नो कपालमा तिलको तेलले मालिस गर्नुस् । फइदा हुनेछ ।

६. बदामको तेल :

बदामको तेल, कागतीको रस र अमलाको रसलाई बराबर मात्रामा मिलाउनुस् । कपाल फुल्ने तथा सेता रौ भएकाहरुको समस्याको उपचार गर्नका लागि यो मिश्रण तेलले आफ्नो कपाललाई मालिस गर्नुस् यसले तपाईको कपाल विस्तारै विस्तारै कालो चमकदार हुनेछ।

७.लौकाको रसमा जैतुनको तेल वा तिलको तेल मिसाएर आफ्नो टाउको र कपालमा मालिस गर्नुस् । चौलाई ९एक प्रकारको हरियो सब्जी०को ताजा रसले कपालको प्राकृतिक रंग बनाउने, कपाल झर्न रोक्ने र कपाल फुल्न रोक्नेमा मद्दत गर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖