• Wednesday 7th of October 2026

बलात्कार आरोपी वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान


  • धनकुटा खबर
  • .

ओखलढुङ्गा, असोज ३० । बलात्कार आरोपमा पक्राउ परेका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१० का वडाध्यक्ष छविरमण धमला पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

स्थानीय एक २५ वर्षीय युवतीलाई बलात्कार आरोप लागेका धमलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

्युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दिएको जाहेरीको आधारमा अनुसन्धानका लागि धमलालाई प्रहरीले पक्राउ गरेको थियो ।

धमलालाई कारागारमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖