• Thursday 8th of October 2026

१८ जना नेपालीहरू इजरायलबाट नेपालका लागि प्रस्थान


  • धनकुटा खबर
  • .

मंगलबार १८ जना नेपालीहरू इजरायलबाट नेपालका लागि प्रस्थान गरेका छन्।

इजरायलस्थित नेपाली राजदूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।

दूतावासका अनुसार फर्किनेहरूमा चार जना विद्यार्थी, १३ जना कामदार र एक जना पर्यटक भिसामा गएकाहरू छन्।

इजरायलको तेल अभिभस्थित बेन गुरियन इन्टरनेसनल एयरपोर्टबाट स्थानीय समयअनुसार दिउँसो २:५५ बजे उडेको स्पाइसजेट एयरलाइन्सको उडान नम्बर एसजी ९९९६ बाट उनीहरूलाई तेल अभिभस्थित भारतीय दूतावाससँगको समन्वयमा भारतको नयाँ दिल्लीसम्म र त्यहाँबाट नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा नेपालसम्म पुर्‍याउने गरी व्यवस्था गरिएको छ।

दूतावासले आवश्यकतानुसार अन्यको फिर्तीमा समेत क्रमशः सहजीकरण गर्ने जनाएको छ।

दूतावासका अनुसार इजरायल घटनामा परी निधन भएकामध्ये पहिचान भएका शवको कानुनी प्रक्रिया पूरा गरी दुई/तीन दिनभित्र नेपाल पठाउने गरी तयारी भइरहेको छ। त्यस्तै अन्य शवको पहिचानको काम भइरहेको छ।

उपलब्ध सम्पूर्ण संयन्त्र/माध्यमहरूको प्रयोग गरी सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी कार्य अझै तीव्र पारिएको पनि दूतावासले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖