• Wednesday 7th of October 2026

मलेसियाबाट घर फर्किने सपना अधुरै रहयो


  • धनकुटा खबर
  • .

क्वालालम्पुर (मलेसिया): मलेसियाबाट नेपाल फर्किने तरखरमा रहेका एक नेपाली श्रमिकको मृत्यु भएको छ। मलेसियास्थित केयलआईए (KLIA) अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र मृत्यु हुनेमा नेपाल ठेगाना प्रदेश नम्बर.२ बारा जिल्ला महागढि-६ निवासी राज किशोर प्रसाद चौरसिया रहेको मलेसियास्थित नेपाली दूतावासका जनसम्पर्क अधिकृत जयप्रकाश गिरिले जानकारी दिए ।

वैदेशिक रोजगारीको सिलसिलामा मृतक चौरसिया आज भन्दा ४ बर्ष पहिले मलेसियाको मलेसियन हार्भेस्ट एसडिएन बिएचडी नामक कम्पनीसंग आबद्ध रहि सरसफाइको क्षेत्रमा काम गर्न आएका थिए तर केहि महिना पहिले कम्पनी छाडी भागेर अवैधानिक हैसियतमै कार्यरत रहेको खुल्नमा आएको अधिकृत गिरिले बताए ।

अवैधानिक रहेका मृतक चौरसिया घर फर्किन भनेर केहि दिनदेखी क्वालालम्पुर कोतराया आसपास क्षेत्रमा बसोबास गर्ने एकजना नेपाली एजेन्टसंग सम्पर्क गरि घर जाने तयारीमा रहेका थिए । सोही तयारी अनुरुप चौरसियाले सबै कानुनी प्रक्रिया पूरा गरेर आज बिहानको क्वालालम्पुर – काठमाडौं उडानमार्फत स्वदेश फर्किने भनेर विमानस्थल गएका थिए ।

जानकारी अनुसार चौरसिया विमानस्थल परिसरमै अच्चानक ढलेर बेहोस भैइ भुइँमा लडे , विमानस्थल परिसरको कर्मचारी , डाक्टर र स्थानीय प्रहरीले चेकजाँच गर्दा चौरसियाको ठाउँको ठाउँ मृत्यु भैइसकेको फेला पारेका थिए । अहिले मृतक चौरसियाको मृत शव पोष्टमार्टमको लागि स्थानीय अस्पतालमा लगिएको छ । आवश्यक अनुसन्धान र पोस्टमार्टम सकिएपछि सम्पुर्ण प्रक्रिया पूरा गरेर दूतावासकै सहयोग समन्वयमा मृतकको शव नेपाल फर्काइने दूतावासका अधिकृत गिरिले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖