• Wednesday 7th of October 2026

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी नालीमा खसेपछि


  • धनकुटा खबर
  • .

काभ्रेपलाञ्चोकको पनौतीमा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा विद्युतीय गाडी सडकको नालीमा खसेको छ। दुर्घटनाको क्रममा गाडीमा सवार १ जनाको मृत्यु भएको र ७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिकाकी वर्ष २० की रमिला बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापश्चात् उपचारका लागि अस्पताल पुर्‍याएकामा बिहान साढे ७ बजे मृत घोषणा गरिएको प्रहरीले बताएको छ।

बिहान ६ः४५ बजे बागमती प्रदेशको ०३–००१ ज ०२९८ नम्बरको विद्युतीय गाडीले काठमाडौंबाट इलाम जाँदै गरेको ६४ प १७७२ नम्बरको मोटरसाइकललाई पनौतीमा ठक्कर दिएको थियो। रामेछाप जाँदै गरेको उक्त गाडी सडकको नालीमा खस्न पुगेको प्रहरीले बताएको छ।
दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिकाकी वर्ष २३ की पुष्पा तामाङ, लिखुतामाकोसी गाउँपालिका–२ बस्ने पा. वर्ष ५१ का टंकप्रसाद दाहाल घाइते भएका छन्।

रामेछाप मन्थली नगरपालिका–२ की ३० वर्षकी ज्ञानु ढुंगेल, मन्थली नगरपालिक– १ बस्ने वर्ष १८ का रकिट ढुंगेल र लिखुतामाकोसी गाउँपालिका– ६ बस्ने वर्ष ३८ का अनिल आलेमगर पनि घाइते भएका छन्। उनीहरू गाडीमा सवार हुन्।

मोटरसाइकलमा सवार चालक इलाम थाकथुम गाउँपालिका–३ का रामकुमार राई र उनकी पत्नी प्रविशा सुनुवार पनि दुर्घटनामा घाइते भएका छन्। उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖