• Sunday 4th of October 2026

गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जना मारिए


  • धनकुटा खबर
  • .

काठमाडौं– गाजा क्षेत्रको एउटा अस्पतालमा रकेट आक्रमण हुँदा कम्तीमा ५०० जना मारिएका छन्। गाजाको अल–अहली अस्पतालमा रकेट आक्रमण भएको हो।

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलले गरेको रकेम आक्रमणमा परेर ५०० जना मारिएको बताए। इजरायलले भने आफूले आक्रमण गरेको भन्ने दाबीको खण्डन गरेको छ।

इजरायलले हमास समूहले नै अस्पतालमा आक्रमण गरेको आरोप लगाएको छ। हमासले प्रहार गरेको रकेट असफल हुँदा अस्पतालमा विस्फोट भएको इजरायलको दाबी छ।

गत शनिबार हमास समूहले इजरायलमा आक्रमण गरेपछि अहिले इजरायल गाजातर्फ प्रत्याक्रमणमा छ। इजरायलको आक्रमणमा परेर घाइते भएका सर्वसाधारणको उपचार भइरहेको अस्पतालमा रकेट आक्रमण भएको हो। अस्पतालमा भएको आक्रमणलाई हमासले युद्ध अपराध भनेको छ।

अस्पताल प्रशासनका अनुसार त्यहाँ घाइते र बिरामी उपचारका लागि भर्ना भएका थिए। यस्तै, युद्धबाट विस्थापितले पनि अस्पतालमा शरण लिएका थिए। विस्फोटपछि उनिहरुमध्ये सयौँ व्यक्ति अस्पतालको भग्नावशेषमा पुरिएका जनाइएको छ। अस्पतालका अनुसार त्यहाँ झण्डै ४ हजार जनाले शरण लिएका थिए। विश्व स्वास्थ्य संगठनले अस्पतालमा भएको आक्रमणको भत्सर्ना गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖