• Wednesday 7th of October 2026

होटेलमा महिलाको हत्या, एक व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

रुकुमपश्चिम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शंकास्पद एकजना पक्राउ परेको अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिए ।

मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक खलङ्गाको सत्कार होटेलको कोठा नम्बर १ मा मङ्गलबार बिहान मृत फेला परेकी थिइन् । सोही दिन साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले अनुसन्धान सुरू गर्नाका साथै शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको छ ।-रासस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖