बारा । जिल्ला प्रहरी कार्यालय बाराले एम्बुलेन्समा गाँजा ओसारपसार गरेको आरोपमा एक जना चालकलाई पक्राउ गरेको छ ।
बारा प्रहरीले अढाई किलो गाँजासहित भारतीय नागरिक ३२ वर्षीय राम विश्वास पासवानलाई पक्राउ गरेको हो ।
बीआर ०५ पिबि ५५२३ नम्बरको भारतीय एम्बुलेन्समा गाँजा ओसारेको आरोपमा पासवानलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।
बरामद गाँजा, एम्बुलेन्स र चालकलाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको थियो । महागढीमाई नगरपालिकाको गञ्जभवानीपुरबाट गाँजासहित पासवानलाई पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए ।
