• Sunday 4th of October 2026

अल्लु अर्जुन, आलिया र कृतिलाई सर्वोत्कृष्ट अवार्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ : भारतको ६९ औं राष्ट्रिय फिल्म अवार्डका विजेतालाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले पुरस्कृत गरेकी छन्। मंगलबार राष्ट्रपति मुर्मुले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित भव्य समारोहमा ६९ औं राष्ट्रिय फिल्म अवार्डका विजेतालाई पुरस्कृत गरेकी हुन्।

‘पुष्पा’ बाट अल्लु अर्जुन सर्वोत्कृष्ट अभिनेता घोषित हुँदा ‘गुगूबाई काठियावाडी’ बाट आलिया भट्ट र ‘मिमी’ बाट कृति सेनन संयुक्त रूपमा सर्वोत्कृष्ट अभिनेत्री घोषित भएका छन्। ‘गोदावरी द होली वाटर’ का निर्देशक निखिल महाजन सर्वोत्कृष्ट निर्देशक भए।

‘सरदार उधम’ सर्वोत्कृष्ट हिन्दी फिल्म घोषित हुँदा ‘छेल्लो सो’ सर्वोत्कृष्ट गुजराती फिल्म, ‘एकदा कायझाला’ सर्वोत्कृष्ट मराठी फिल्म, ‘होम’ सर्वोत्कृष्ट मलयालम फिल्म, ‘ओपन्ना’ सर्वोत्कष्ट तेलुगु फिल्म र ‘७७७ चार्ली’ सर्वोत्कृष्ट कन्नड फिल्म घोषित भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖