• Sunday 4th of October 2026

इजरायल पुगेर बाइडेनले भने – ‘गाजाको अस्पतालमा आक्रमण अर्को टोलीले गराएको जस्तो देखिन्छ’


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री नेतन्याहुलाई भेटेर भनेका छन्, ‘यो (गाजाको अस्पतालमा आक्रमण) कुनै अर्को टोलीले गराएको जस्तो देखिन्छ।’

बाइडेनले भने – उनी यस घटनाबाट गहिरो दुःखी र आक्रोशित छन्। अमेरिकी राष्ट्रपतिले भने, “मैले देखेको आधारमा यस्तो लाग्छ कि यो काम अरु कुनै टोलीले गरेको हो, तपाईले होइन। तर धेरै व्यक्तिहरू छन् जसलाई यो स्पष्ट छैन, त्यसैले हामीले धेरै कुराहरू नियन्त्रण गर्नुपर्दछ।”अमेरिकी राष्ट्रपति बुधबार इजरायलप्रति आफ्नो समर्थन देखाउन त्यहाँ पुगेका थिए।

अमेरिकी राष्ट्रपतिको यो भ्रमणका क्रममा उनले जोर्डनमा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास, इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसी र जोर्डनका राजासँग पनि भेट गर्ने भएका थिए तर अरब राष्ट्रले उनलाई भेट्न अस्वीकार गरेकाले अब उनको भ्रमण इजरायलमा मात्र सीमित रहनेछ।

धेरै देशका नेताहरूले गाजा अस्पतालमा भएको आक्रमणको ‘निन्दा’ गरेका छन् र यसलाई ‘नरसंहार’ भनेका छन्। प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमूद अब्बासले अल अहली अस्पतालमा भएको आक्रमणलाई ‘भयानक युद्ध नरसंहार’ भनेका छन् । उनले भने, “इजरायलले सबै सीमा नाघेको छ।”

हमासको हमलापछि सुरुदेखि नै प्रतिक्रिया दिन सतर्क रहेको र अमेरिकी मध्यस्थताबाट इजरायलसँग नजिक हुँदै गएको साउदी अरेबियाले पनि इजरायलको कडा निन्दा गरेको छ ।

गाजाको स्वास्थ्य विभागले गाजाको अल अहली अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा करिब ५०० जनाको मृत्यु भएको दाबी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖