• Sunday 4th of October 2026

पाकिस्तानी अभिनेत्रीको वाचा- विश्वकपमा भारतलाई हराए बंगलादेशका क्रिकेटरसँग डेट जाने


  • धनकुटा खबर
  • .

काठमाडौं । ‘क्रिकेट विश्वकप २०२३’मा भोलि हुन गइरहेको भारत–बंगलादेशको म्याचमा बंगलादेशले भारतलाई हराए बंगलादेशका क्रिकेटरसँग पाकिस्तानी अभिनेत्री सेहर शिनवारी डेट जाने भएकी छन्।

पाकिस्तानले शनिवार भारतसँगको खेल हारेपछि शिनवारीले बंगलादेशको पक्ष लिँदै आफ्नो ट्विटरमार्फत एक ट्विट लेख्दै डेट जाने घोषणा गरेकी हुन्।

उनले लेखेकी छन, ‘इन्शाल्लाह, मेरो बङ्गाली साथीहरुले भोलिको खेलमा हाम्रो बदला लिनेछन्। भोलि यदि बङ्गाली टोलीले भारतलाई हराउन सफल भयो भने, म ढाका आएर बङ्गाली टोलीसँग फिस डिनर डेट गर्नेछु।’

गत शनिबार भएको ‘क्रिकेट विश्वकप २०२३’ को भारत–पाकिस्तानको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। पाकिस्तानले विश्वकपमा अहिलेसम्म तीन खेलमध्ये एउटा मात्रै खेल हारेको छ। तर शनिबार भारतसँग सात विकेटले पराजित भएपछि यतिबेला पाकिस्तानको क्षमतामाथि नै प्रश्नहरु उठिरहेका छन् । पाकिस्तानले अब भारतसँग पुन सामना गर्न सेमिफाइनल क्वालिफाइ गर्नुपर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖