• Wednesday 7th of October 2026

भारतले गर्‍यो चामल निर्यात प्रतिबन्ध फुकुवा


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारत सरकारले चामल निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । विश्वका सात देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको हो ।

भारतको वाणिज्य विभागले सूचना जारी गर्दै नेपालसहित सात मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जनाएको छ । यसअघि भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै बासमती चामलबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

चामलको आयात नहुँदा बजारमा मूल्य बढेको थियो । अब नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖