• Wednesday 7th of October 2026

ललितपुरबाट जुवा खेलेको आरोपमा ६ जना पक्राउ


  • धनकुटा खबर
  • .

ललितपुरमा जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्।
बुधबार राति ९ तिर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ पवन प्रकृती स्कुल नजिकै एक घरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो।

उनीहरूबाट प्रहरीले ९४ हजार ९७० रुपैयाँ बरामद गरेको प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ।

घर भाडामा लिएर फेन्सी पसल संचालन गरिरहेका रेवती नेपालीले तास खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖