• Wednesday 7th of October 2026

कैदी बन्दीलाई दिइयो खसी उपहार


  • धनकुटा खबर
  • .

बेँसीसहर नगरपालिकाले कारागारका कैदी-बन्दीलाई दशैँका लागि २ वटा खसी सहयोग गरेको छ। नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा खसी सहयोग गरेको हो।

नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारागारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी-बन्दीका नाईकेलाई उक्त खसी सहयोग गरेका हुन्। नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जीवन चिहाइरहेकाहरू परिवारबाट टाढा रहने भएकोले थोरै भए पनि चाडपर्वमा खुसी मिलोस् भनेर खसी प्रदान गरिएको बताए।

नगरपालिकाले चालुतर्फको अन्य सामाजिक सहायता शीर्षकबाट कैदीबन्दीलाई ४० हजार रुपैयाँको दुई वटा खसी सहयोग गरिएको बताए। कारागारका जेलर कमलापती अधिकारीले दसैँमा कैदीबन्दीका लागि सरकारले थोरैमात्र सहयोग गर्ने भएकोले बेँसीसहर नगरपालिकाको सहयोगले चाडपर्वमा कैदी-बन्दीलाई खुसी थप्ने बताए।

खसी सहयोग कार्यक्रममा बेँसीसहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, नगरप्रमुखका स्वकीय सचिव कुमार अर्याल लगायत कर्मचारी र संचारकर्मीको उपस्थिति रहेको थियो।

लमजुङ कारागारमा ७ जना महिलासहित ८८ जना कैंदीबन्दी रहेको छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖