• Thursday 8th of October 2026

गाजाको अस्पतालमा भएको हवाई आक्रमणको नेपालले गर्‍यो निन्दा


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपालले गाजाको अस्पतालमा सयौं मानिसहरूको ज्यान जानेगरी भएको आक्रमणको निन्दा गरेको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी गाजाको अस्पतालमा बुधबार निर्दोष नागरिकहरूको मृत्यु हुनेगरी भएको आक्रमणको निन्दा गरेको हो।

साथै वार्ताको माध्यमबाट विवादको शान्तिपूर्ण समाधान हुनुपर्नेमा नेपालले जोड दिएको छ ।

परराष्ट्र मन्त्रालयले अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

विज्ञप्तिमा सर्वसाधारणविरुद्ध भएको आक्रमणप्रति नेपाल सरकार गम्भीर रूपमा चिन्तित भएको तथा जस्तोसुकै परिस्थितिमा पनि नागरिकको सुरक्षाका लागि सम्बद्ध पक्षलाई आह्वान गरिएको छ ।

‘हामी शान्तिमा विश्वास गर्छौं, वार्ताबाट विवादको शान्तिपूर्ण समाधान गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖