• Monday 5th of October 2026

‘लियो’ले ग्लोबल ओपनिङमा शाहरुखको ‘जवान’लाई उछिन्यो


  • धनकुटा खबर
  • .

मुम्बई । दक्षिण भारतीय सुपरस्टार थलपति विजयको लियोले ग्लोबल ओपनिङमा शाहरुख खानको जवान, प्रभासको आदिपुरुष र रजनीकान्तको जेलरलाई पनि उछिनेको छ ।

बिहीबार रिलिज भएको सो फिल्मको ओपनिङ डेको वर्ल्डवाइड ग्रस १ अर्ब ४५ करोड भारु थियो । प्रभासको आदिपुरुषले पनि आफ्नो शुरुआत यसैको हाराहारीमा गरेको थियो । तर पहिलो सप्ताहान्तपछि फिल्म सेलायो ।

१ अर्ब २९ करोड १० लाख भारुको वर्ल्डवाइड ओपनिङ ग्रससहित शाहरुख खानको जवान दोस्रो स्थानमा छ । लोकेश कानागराजको निर्देशनमा बनेको लियो कयौँ विवादका बिच रिलिज भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖