• Wednesday 7th of October 2026

सवारी दुर्घटना गराएपछि धर्मेन्द्र बाँस्तोला पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं– नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई सवारी दुर्घटना गराएकामा सुर्खेत प्रहरीले पक्राउ गरेको छ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गए राती पौने १० बजे राप्ती गाउँपालिका–५ सिंगे नजिकै काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा९च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा६प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

उक्त दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा प्रहरी नायब निरीक्षक जीवन केसीको कमान्डमा खटिएको प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियामा लगेको थियो। स्वास्थ्य चौकी लगिनासाथ चिकित्सकले घाइते चौधरीलाई मृत घोषणा गरेका थिए।

बाँस्तोलालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको दाङका जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले पुष्टि गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖