• Wednesday 7th of October 2026

बस दुर्घटना : ३५ जना घाइते (सूची)


  • धनकुटा खबर
  • .

मकवानपुर । मकवानपुरको बकैयामा भएको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग (धरान चतरा सडक खण्ड) अन्तर्गत पर्ने बकैया-५ तीनतलेमा शुक्रबार दिउँसो ४:२० बजेको समयमा हेटौडाबाट जुरेली तर्फ जाँदै गरेको ना १ ख ३९८८ न.को बस दुर्घटना भएको थियो ।

यात्रु बोकेर गन्तव्य तर्फ गइरहेको उक्त बस आफै अनियन्त्रित भई सडकबाट १०/१५ मिटर तल खसेको थियो । दुर्घटनामा बकैया-६ सुधा बस्ने वर्ष ३१ कि सुभद्रा सुनार, निजको छोरा वर्ष ६ को सफल विक, बकैया- ५ बस्ने वर्ष ३२ सौगात लामा, निजको छोरी वर्ष ६ कि शारदा बोलन, बकैया- ७ बस्ने वर्ष २० कि शुस्मा माझी, सोही स्थान बस्ने वर्ष १५ कि प्रतिमा माझी, बकैया- ५ बस्ने वर्ष ६३ को राम प्रसाद चौलगाई, बकैया- ७ ज्यामिरे बस्ने वर्ष १५ को रविन बल, बकैया- ७ छतिवन बस्ने वर्ष ३४ कि चन्द्र माया रुम्वा, निजको छोरी वर्ष ७ कि वर्षा रुम्वा, वर्ष ४० को विर बहादुर रुम्वा, वर्ष २५ कि लिला राई, वर्ष २५ को तुले बल, वर्ष ६० कि तुलसा माझी, वर्ष ३२ कि राधिका माझी, वर्ष ३४ कि सावित्रा चौलगाई, वर्ष २० कि सुनिता भोम्झन, वर्ष १८ कि डोल्मा लोप्चन घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बकैया- ५ बस्ने वर्ष ३५ कि सुनिता सिलवाल, बकैया-७ बस्ने वर्ष १५ कि रिस्ता स्याङ्तान, बकैया- ५ बस्ने वर्ष ३७ कि लक्ष्मी थिंङ, सोही स्थान बस्ने वर्ष २६ कि कल्पना गोले, निजको छोरा वर्ष ५ को श्रीयन जिम्वा, वर्ष ४० को दिल कृष्ण राई, वर्ष ४२ कि तुलसा नेपाली, वर्ष ३४ कि गिता बि.क, वर्ष ४३ कि उर्मिला राई, वर्ष ३० कि जानुका माझी, निजको छोरी वर्ष ६ कि अञ्जलि माझी, छोरा वर्ष ३ को रोमियो माझी, बकैया- ६ बस्ने वर्ष २७ कि निमा थिङ, वर्ष ५६ कि चिनिमाया बोम्जन, वर्ष ६५ को मंगल राज माझि, बर्दिया खैरहनी-१२ बस्ने वर्ष २० को अशिम थारु र सोही स्थान बस्ने वर्ष २५ को विशाल थारु घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖