• Tuesday 6th of October 2026

नेपालले गुमायो दोस्रो विकेट


  • धनकुटा खबर
  • .

त्रिदेशीय टी-२० सिरिजमा हङकङविरूद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

शनिबार मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले दोस्रो विकेट गुमाएको हो। सोमपाल कामी १२ बलमा ८ रन बनाएर आउट भएका हुन्।

दोस्रो ओभरमा ओपनर कुशल भुर्तेल दुई रन बनाएर आउट भएका थिए।
अहिले कप्तान रोहित पौडेल र आशिफ शेख ब्याटिङ गर्दैछन्। नेपालले ४.४ ओभरमा दुई विकेट गुमाएर २६ रन बनाएको छ।

नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको छ।

यसअघि गत बिहीबार नेपालले हङकङमाथि ६ विकेटको जित हात पारेको थियो।

गत बुधबार नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।
आइतबार हङकङ र युएईबीच खेल हुनेछ। सोमबार नेपाल र युएई, बुधबार हङकङ र युएईबीच र फाइनल खेल शुक्रबार हुनेछ।

अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच शुक्रबार फाइनल हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖